Section 26
प्रज्ञा प्रतिष्ठानको कोष
: (१) प्रज्ञा प्रतिष्ठानको आफ्नो एउटा छुट्टै कोष रहनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) विदेशी सरकार, संघ, संस्था वा व्यक्तिबाट प्राप्त रकम,
(ग) स्वदेशी संघ, संस्था वा व्यक्तिबाट प्राप्त रकम,
(घ) प्रज्ञा प्रतिष्ठानले कुनै सेवा उपलब्ध गराए बापत प्राप्त रकम, र
(ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (ख) बमोजिमको रकम प्राप्त गर्नुअघि प्रज्ञा प्रतिष्ठानले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(४) कोषको रकम प्रज्ञा प्रतिष्ठानले तोकेको बैङ्कमा खाता खोली जम्मा गरिनेछ ।
(५) प्रज्ञा प्रतिष्ठानको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
(६) प्रज्ञा प्रतिष्ठानको सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।